नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त
वि.सं.२०७८ भदौ ८ मंगलवार
काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । विराटनगरमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको सञ्चालक समितिको हिजो (भदौ ७ गते) बसेको बैठकले सोही दिनदेखि लागु हुने गरी बस्याललाई सिईओको जिम्मेवारी दिएको हो ।
२०७८ भदौँ ८ गते प्रकाशित
प्रकाशित समय : १२:५६ बजे





















