back
himalayan life

नेपाल बैंकले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकको यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि र २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न लागेको हो ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गते आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...