back

रिलायन्स फाइनान्सको नाफा ३७ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ६८ लाख ३४ हजार खुद नाफा गरेको छ । गत वर्ष समिक्षा अवधिसम्म कम्पनीको यो नाफा ६ करोड ३२ लाख ४१ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ३१ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि सोही अनुपातमा वृद्धि भएको छ ।

गत वर्ष ९ करोड ३ लाख ४४ हजार रहेको सञ्चालन मुनाफा यस वर्षको सोही अवधिमा १२ करोड ४० लाख ४९ हजार रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १० करोड ७९ लाख ३० हजार रहेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा  ९६ लाख ५२ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा १० गुणाले वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको चुक्तापूँजी स्थिर रहि ८३ करोड २४ लाख १६ हजार नै कायम छ । जगेडा कोष रकम भने ९४ दशमलव ११ प्रतिशत बढेर २४ करोड ४६ लाख ८२ हजार पुगेको छ ।

यस वर्ष कम्पनीको निक्षेप संकलन १८ दशमलव ४५ प्रतिशत बढेको छ भने कर्जा प्रवाह १६ दशमलव ३९ प्रतिशत बढी भएको छ । कम्पनीले ५ अर्ब ७७ करोड ७६ लाख १५ हजार निक्षेप संकलन गरेको हो भने ४ अर्ब १९ करोड २८ लाख ७१ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष २ दशमलव ६३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ८८ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १३ दशमलव ९१ र प्रतिशेयर नेटवर्थ १५५ दशमलव ३२ रहेको छ ।

कर्जा लगानी बढेपनि फाइनान्सको निष्क्रिय कर्जा भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको निष्क्रिय कर्जा शून्य दशमलव ७५ प्रतिशतविन्दु घटेर १ दशमलव ८८ प्रतिशतमा सीमित भएको छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

वि.सं.२०८० असार २१ बिहीवार १०:२९

काठमाडौं । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

वि.सं.२०८० असार १० आइतवार १४:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ...

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:२१

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक...

कृषकलाई मौरीसहितको घार वितरण

कृषकलाई मौरीसहितको घार वितरण

वि.सं.२०८० जेठ २४ बुधवार १०:४८

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई...