back
himalayan life

रिलायन्स फाइनान्सको नाफा ३७ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ६८ लाख ३४ हजार खुद नाफा गरेको छ । गत वर्ष समिक्षा अवधिसम्म कम्पनीको यो नाफा ६ करोड ३२ लाख ४१ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ३१ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि सोही अनुपातमा वृद्धि भएको छ ।

गत वर्ष ९ करोड ३ लाख ४४ हजार रहेको सञ्चालन मुनाफा यस वर्षको सोही अवधिमा १२ करोड ४० लाख ४९ हजार रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १० करोड ७९ लाख ३० हजार रहेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा  ९६ लाख ५२ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा १० गुणाले वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको चुक्तापूँजी स्थिर रहि ८३ करोड २४ लाख १६ हजार नै कायम छ । जगेडा कोष रकम भने ९४ दशमलव ११ प्रतिशत बढेर २४ करोड ४६ लाख ८२ हजार पुगेको छ ।

यस वर्ष कम्पनीको निक्षेप संकलन १८ दशमलव ४५ प्रतिशत बढेको छ भने कर्जा प्रवाह १६ दशमलव ३९ प्रतिशत बढी भएको छ । कम्पनीले ५ अर्ब ७७ करोड ७६ लाख १५ हजार निक्षेप संकलन गरेको हो भने ४ अर्ब १९ करोड २८ लाख ७१ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष २ दशमलव ६३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ८८ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १३ दशमलव ९१ र प्रतिशेयर नेटवर्थ १५५ दशमलव ३२ रहेको छ ।

कर्जा लगानी बढेपनि फाइनान्सको निष्क्रिय कर्जा भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको निष्क्रिय कर्जा शून्य दशमलव ७५ प्रतिशतविन्दु घटेर १ दशमलव ८८ प्रतिशतमा सीमित भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

वि.सं.२०८३ असार १७ बुधवार १०:४५

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र...

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

वि.सं.२०८३ असार १६ मंगलवार १३:२१

काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि...

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

वि.सं.२०८३ असार १६ मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित...

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...