back

कोका–कोलाको नयाँ बोतल अब मात्रै २५ रुपैयाँमा

काठमाडौँ । कोका–कोलाले नेपाली बजारमा कोका कोलाको नयाँ ग्लास बोतल २५ रुपैयाँमा उपलब्ध गराएको छ । आज कोका–कोलाले १७५ मिलिलिटर ग्लासको नेपाली भाषामा लेखिएको नयाँ लागो सहितको बोतल नेपालमा ल्याएको हो । कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी–रिटर्नेबल ग्लास बोतल नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरु चाहाना अनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउने क्रममा कोका–कोलाले यो सानो बोटल बजारमा उपलब्ध गराएको हो ।
आरजीबी बोतलहरु रियुजेबल बोतलहरु हुन् र यिनीहरुले वातावरण मैत्री हुन। साथै गिलास प्याकेजिंगले गर्दा कोका–कोलाको स्वाद सधै ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला,स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छन्।

नयाँ बोतलको लन्चको व्रmममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौँ। नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्येश्य मात्र नभइकन दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनी को मिसन रहेको छ । हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन् ।”

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डेले भने , “किफायतीे मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ । र यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहेने छ किनकि यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ भरका किराना पसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौँ।

नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा हो जुन “दिउँसै झप झप, कोकले अप” ट्यागलाइनको साथ आउँछ जसले युवा उपभोक्ताहरुलाई दिउँसो ब्रेकको दौरानमा कोक पीएर उर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्दछ।


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...