नेप्सेमा २२ लाख कित्ता बढी शेयर सुचिकृत

वि.सं.२०७८ भदौ ३ बिहीवार

काठमामाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार दुई कम्पनीको सेयर सुचिकृत भएको छ । कम्पनीको २२ लाख कित्ता बढी शेयर सुचिकृत भएको हो ।
बुधबार राधी विद्युत कम्पनीको ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९ सय कित्ता गरी कुल २२ लाख ९९ हजार ३ सय ८१ दशमलव २२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
बोनस शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
२०७८ भदौ ३ गते प्रकाशित

प्रकाशित समय : ०६:४२ बजे