सिद्धार्थ इन्स्योरेन्सको सीईओमा वीरेन्द्र वैदवार क्षेत्री पुनः नियुक्त
वि.सं.२०७८ भदौ ३ बिहीवार
काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन्।
कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गरेको हो।
समितिले उनलाई भदौ १ गतेबाट लागुहुने गरि चार वर्षका लागि नियुक्ति गरेको हो ।
बीमा समितिले गत साउन ३२ गते केसीलाई ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएसँगै कम्पनी सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो। गत भदौ १ गतेबाट उनको पहिलो कार्यकाल सकिएको थियो।
केसीसँग निर्जीवन बीमा क्षेत्रमा ३ दशक लामो कार्यानुभव रहेको छ। उनले पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरेका छन्।
२०७८ भदौ ३ गते प्रकाशित
प्रकाशित समय : ०५:५४ बजे





















