back

मेगा बैंकको कृषकलाई आधुनिक सुविधा प्रोत्साहन नीतिः तरकारी खरिदमा ५ सय सम्म छुट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो । यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबद्र्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार, मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ । यसका साथै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको ब्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यस सम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।
केही दिन अघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।

नेपालको आधारभूत तहमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीब्रता पाउने मेगा बैंकको विश्वास व्यक्त गरेको छ ।

 


विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:१४

काठमाडौं । चालु आवको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीको...

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:०५

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपाल सँगको सहकार्यमा काठमाडौं,...

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

वि.सं.२०८१ माघ ११ शुक्रवार १२:०९

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...