back

भदौ ९ गतेदेखि तेह्रथुम पावरको आईपीओ आउँदै

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमीटेडले आगामी भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले ८ करोड बराबरको आइपीओ निश्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आइपीओ निश्कासन गर्ने छ ।

कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।

यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ । यस आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ । तर, अहिले कित्ता बिक्रि नभएर समय लम्बीने मौका रहँदैन ।

२०७८ साउन ३२ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...