back

लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले भने “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे ।

“तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु ।” मन्त्री शर्माले भने “तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिवी निवारणमा सहयोग गर्नुस् ।” सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए ।

कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे । उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

२०७८ साउन ३२ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

वि.सं.२०८१ चैत १० आइतवार १८:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री...