ग्लोबल बैंकको नाफा ४१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचकहरु

वि.सं.२०७८ साउन ३२ सोमवार

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ७७।७८ को चौथो त्रैमासमा खुद नाफा ४१.८७ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा २ अर्ब ९० करोड खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब १२ करोड कमाएको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढेर ९ अर्ब नाघेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७६ करोड रहेको छ । बैंकको संचालन मुनाफा ३८.०५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड पुगेको छ।
यस अवधिमा बैंकको निक्षेप २६.४३ प्रतिशतले बढेर २ खर्ब ६८ अर्ब पुगेको छ भने कर्जा प्रवाह २०.२६ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब पुगेको छ ।
२१ अर्ब ६३ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ५ करोड रहेको छ । बैंकको खराब कर्जा १.७६ प्रतिशतबाट घटेर १.४२ कायम भएको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.०८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १५१.११ रुपैयाँ , र मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ ।
२०७८ साउन ३२ गते प्रकाशित

प्रकाशित समय : ०५:१५ बजे