सामुदायिक लघुवित्तको सिइओमा निर्मल कार्की नियुक्त

वि.सं.२०७८ साउन ३१ आइतवार

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार कार्की नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । कम्पनिका अनुसार आजबाट लागु हुने गरी कार्की आगामी ४ वर्षसम्मका लागि नियुक्त भएका हुन् ।
२०७८ साउन ३१ गते प्रकाशित

प्रकाशित समय : ०८:४० बजे