back
himalayan life

सेयर कर्जाको अघिकतम १२ करोडको सीमा पुनरावलोकन हुनसक्छः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर कर्जाको अधिकतम सिमामा पुनरावलोकन गर्न सकिने बताएका छन् । मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थालाई बढीमा १२ करोड मात्रै शेयर धितोमा कर्जा दिने व्यवस्था सँगै लगानीकर्ता यस्तो व्यवस्था हटाउन माग गर्दै अर्थमन्त्रालय पुगेपछि मन्त्री शर्माले पुनरावलोकन गर्न सकिने आश्वासन दिएका हुन् ।

नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेटेरै सेयर धितो कर्जामा लगाईएको सिमा कर्जामा लगानीकर्ताहरु असन्तुष्ट भएको भन्दै यो व्यवस्था हटाउन माग गरेका हुन् । संयुक्त प्रतिनिधिमण्डललाई भेट दिँदै अर्थमन्त्री शर्माले कुनै पनि कारणले बजारलाई प्यानिक हुन नदिने वचन दिएका छन् ।

अर्थमन्त्री शर्माले यो व्यवस्था कार्यान्वयनका लागि आफूले २ वर्षको समयसीमा दिनेसमेत वचन दिएका छन्। उनले भने ‘अधिकतम १२ करोडको सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले बजारलाई कस्तो प्रभाव पार्दो रहेछ, केही दिन हेरौँ’, धेरै प्यानिक भयो भने यो व्यवस्था फिर्ता हुन्छ।’

अर्थमन्त्री शर्माले २ वर्षपछि मात्र कार्यान्वयनमा आउने व्यवस्थाका कारण सेयर लगानीकर्ता अहिले नै प्यानिक बन्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीति मार्फत सार्वजनिक गर्दै शेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरेका थिए । यो व्यवस्था कार्यान्वयनका लागि निश्चित समय दिइने मौद्रिक नीतिमा उल्लेख छ।

अर्थमन्त्रीलाई भेट्न लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलसँगै सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारलगायतका लगानीकर्ता सिंहदरबार पुगेका थिए।

अर्थमन्त्रीले लगानीकर्ताका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता नाएको फुल्लेले बताए ।

२०७८ साउन ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...