मिर्मिरे लघुवित्तद्धारा २० प्रतिशत बोनस प्रस्ताव

वि.सं.२०७८ साउन ३१ आइतवार

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७७–८८ बाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठक हिजो शनिबार बसेको थियो ।
कम्पनीले स्वेडा र नागबेली लघुवित्तलाई मर्जर तथा प्रति कार्य गरेकोले बोनसको कर नलाग्ने हुँदा प्रस्ताव गरिएको छैन ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति भई लघुवित्तको साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आव २०७६।७७ मा ९.२० प्रतिशत बोनस र ०.४८ नगद गरी ९.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लघुवित्तको हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रहेको छ । बोनसपछि ५२ करोड २० लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।
२०७८ साउन ३१ गते प्रकाशित

प्रकाशित समय : ०५:२३ बजे