back

मौद्रिक नीति अपरान्ह ४ः१५ बजे सार्वजनीक गर्ने तयारी, के के समेटिदैँ छ ?

nactional life

काठमाडौं। राष्ट्र बैंकले माद्रिक नीति आज अपरान्ह ४ः१५ बजे सार्वजनीक गर्ने तयारी गरेको छ । ब्यवस्थापन समितिबाट पारित भएको मौद्रिक नीतिमा जारि चालक समितिको बैठकले अपरान्न ४ बजे मौद्रिक नीति सार्वजनीक गर्ने तयारी गरेको हो । समितिले अनुमोदन गरेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने छन्।

राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रशाद पोखरेलले अहिले जारी रहेको सञ्चालक समितिको बैठकले आज अपरान्न चार बजे माद्रिक नीति सार्वजनीक गर्ने तयारी गरको जानकारी दिएका हुन् । उनले भने । ‘सञ्चाल समितिको बैठक बसिरहेको छ, उहाँहरुले निर्णय गर्नु भने भने आज ४ बजे सार्वजनीक हुने छ ।’

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिमा ऋण विस्तार १९ प्रतिशत मात्र हुने व्यावस्था गर्ने तयारी भएको छ । उच्च दरको ऋण विस्तारले कमसल सम्पत्ति सृजना भएको भन्दै यस्तो तयारी गरिएको हो । सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि नहुने प्रक्षेपण गरेसँगै राष्ट्र बैंकलाई ऋण विस्तारमा कस्न बाटो खुलेको हो ।

चालु बर्षको बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य छ। यद्यपी यो केपी ओली नेतृत्वको सरकारले राखेको लक्ष्य हो। अब सरकार परिर्वितन सँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले बजेट कार्यान्वयन गर्नु पर्ने भएकाले अध्यादेशबाट आएको बजेटमा संशोधन गर्दा के कति गर्छ त्यो त पछि नै थाहा होला ।

यता देउवा नेतृत्वको सरकामा अर्थमन्त्री सम्हालेका जनार्दन शर्माले साढे ६ प्रतिशत नपुग्ने बताईसकेका छन् । यसो त अब सरकारले साढे पाँच प्रतिशतको वृद्धि लक्ष्य राख्ने संकेत देखिएको छ ।

साढे पाँच प्रतिशत लक्ष्य राख्ने हो भने यस लक्ष्यलाई भेट्टाउन राष्ट्र बैंकले विस्तारकारी नीति ल्याउनुपर्ने आवश्यकता रहँदैन जसले गर्दा कमसल सम्पत्ति सृजना हुन नदिन राष्ट्र बैंकले ऋण विस्तारमा कडाइ गर्ने तयारी गरेको हो ।

गत वर्ष २० प्रतिशत ऋण विस्तार भएको थियो जबकी राष्ट्र बैंकले २० प्रतिशतको लक्ष्य राखेको थियो । जसले गर्दा चालु आर्थिक वर्ष लक्ष्यसँगै ऋण विस्तारमा पनि कडाइ गरिने संकेत देखिएको छ । यद्यपी मौद्रिक नीति नआउँदै साउनमा बैंकहरु ऋण विस्तारमा आक्रमक देखिइसकेका छन्। खासगरी आयातसँग सम्बन्धित ऋण उच्च दरले बढेर विदेशी मुद्रा सञ्चिति घट्न थालेको छ।

राष्ट्र बैंक स्रोतका अनुसार यो आवमा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशतलाई निरन्तरता दिने छ।

गत वर्ष ८० प्रतिशतको सीमालाई ८५ प्रतिशत पुर्‍याइएको थियो। बढाइएको काउन्टर साइक्लिकल बफरलाई यसपाली पनि स्थगन गरिने तयारी रहेको छ। यस्तै अनिवार्य तरलता अनुपात (सीआरआर) पनि ३ प्रतिशतले नै निरन्तरता पाउने छ।

यता पुजी बजारमा राष्ट्र बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर विकल्प अझै पनि नदिने तयारी गरेको छ। यद्यपी अझै टुङ्गो नै लागिसकेको भने छैन ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...