back

भोजको खरिद, आइएमई पेबाट भुक्तानी गर्दा २०% क्यास ब्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’  र भोजवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले आइएमई पे एप मार्फत रकम भुक्तानी गर्न सक्ने भएका छन् । साथै यसरी भुक्तानी गर्दा ग्राहकले ५०० नबढ्ने गरी २० प्रतिशत क्यासब्याक पनि पाउने भएका हुन् ।

यो अफर अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुने आईएमई पे ले जनाएको छ ।

सम्झौता कार्यक्रमकाबिच बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई प’े को भुक्तानी सेवासंगै २० प्रतिशत क्यास ब्याकको योजना शुरु गरिएको जानकारी गराउँदै आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोज्का सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई प’े मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे । 

‘आइएमई पे’ को बारेमा:

‘आइएमईपे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । हाल यसको झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको छ । यो आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

२०७८ साउन २९ गते प्रकाशित


आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...