back

विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः आगमन, आजै पदबहाली

काठमाडौँ । कुलमान घिसिङ पुनः नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्ने भएका छन् । विद्युत् वितरण प्रणालीको व्यवस्थापनमा निकै प्रभावकारी काम गरेर लोकप्रियता कमाएका प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङ पुनः प्राधिकरणको नेतृत्व सम्हाल्न आउने भएका हुन् ।

मन्त्री परिषदले गत सोमबार बसेको बैठकले उनलाई प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि सोही पदमा चार वर्षे कार्यकाल पुरा गरेर २९ भदौ २०७७ मा प्राधिकरणबाट विदा थिए ।

घिसिङ प्राधिकरणबाट विदा भएको १० महिना २७ दिन भएको छ । एक वर्ष नपुग्दै उनी पुनः प्राधिकरण फर्कन लागेका हुन् ।
प्राधिकरण स्रोतका अनुसार घिसिङले आजै पदभार सम्हाल्ने भएका छन् ।

मंगलबार नै घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझिसकेको स्रोतको दाबी छ । यता, मन्त्री परिषदले प्राधिकरणको वर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । शाक्यले प्राधिकरणबाट हिजै विदा लिएका हुन् ।

शाक्यलाई अपदस्त गरेर घिसिङलाई नियुक्त गर्दा न्यायिक झमेलामा परिने देखिएपछि सरकारले शाक्यलाई आयोग पठाउने निर्णय गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । आयोगलाई ऊर्जा तथा जलस्रोत क्षेत्रका प्राविधिक कर्मचारी थन्क्याउने अड्डाको रुपमा हेरिन्छ ।

उनलाई केपी शर्मा ओली नेतृत्वको पुर्ववर्ती सरकारले पुनः नियुक्ती नगर्ने भन्दै विदा गरेको थियो । घिसिङले दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको बेलामा विद्युत् व्यवस्थापनलाई सुदृढ गरेर देशलाई लोडसेडिङ मुक्त गरेका थिए । पोल गाड्ने, तार तान्नेजस्ता सानासाना काममा पनि आफैं सहभागि हुने घिसिङको कार्यशैलीले उनलाई परिणाममुखि बन्न सजिलो पारेको थियो
२०७८ साउन २७ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...