चौथो त्रैमासमा कालिका लघुवित्त नाफा साढे ५ करोड, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ साउन २६ मंगलवार

काठमाडौँ । काकिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक वित्तिय विवरण अनुसार संस्थाको गत आर्थिक वर्षको वित्तिय अवस्था र प्रगति सन्तोषजनक रहेको छ ।
आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७६४.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले २९ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाले २ करोड ६० लाख सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले ३ करोड ३४ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी ७३.९० प्रतिशतले बढेर २९ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १६ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब १४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४० करो रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ४७.२६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १० करोड ६६ लाख रुपैयाँको रिजर्भ बढेर १५ करोड ३ लाख रुपैयाँको उचाइमा पुगेको छ।
चुक्तापुँजी २७ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.८९ रुपैयाँ रहेको छ। पीई रेसियो ७१.९५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५४.१७ रुपैयाँ रहेको छ।
२०७८ साउन २६ गते प्रकाशित

प्रकाशित समय : ०५:५२ बजे