नेप्सेमा सामान्य अंकको वृद्धि, ६ कम्पनीको सेयर मूल्यमा सर्किट

वि.सं.२०७८ साउन २५ सोमवार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.४७ अंकले बढेर ३१०९.६० को बिन्दूमा पुगेको छ । यो दिन नेप्से सूचक सामान्य अंकले बढेपनि कारोबार रकममा भने हौसला कायमै देखिएको छ ।
मौद्रिक नीतिको प्रतिक्षामा रहेका लगानीकर्ता मौद्रिक नीति सार्वजनीक नहुँदा अन्योलमा परेका छन् । यो दिन दिनभर कारोबारमा आएका २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिनमा आइसीएफसी फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाईड्रो डेपलपर, यूनियन हाईड्रोपावर, जिवन बिकाश लघुवित्तको सेयर मूल्यमा सकरात्क सकिर्ट लागेको छ ।
२०७८ साउन २५ गते प्रकाशित

प्रकाशित समय : ०९:२९ बजे