back

नेपाल बंगलादेश बैंकको नाफामा उछाल, ८४.१७ प्रतिशतले बढ्यो

nactional life

काठमाडौँ । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार खूद ब्याज आम्दानी घटे पनि खूद नाफा उत्साहजनक देखिएको छ । समिक्षा अवधिमा बैंकले खुद नाफा २ अर्ब २९ करोड कायम भएको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८४.१७ प्रतिशतले बढी हो ।

बैंकले वितरणयोग्य मुनाफामा पनि छलाङ मारेको छ । अघिल्लो वर्षको समिक्षा अवधिमा ४४ करोड ९१ लाख रुपैयाँमा सीमित वितरणयोग्य मुनाफा रहेकोमा गत आवको सोही अवधिमा २२८.४९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड भएको हो । बैंकको चुक्तापूँजी ९ अर्ब रुपैयाँ रहेको छ । यसरी हेर्ने हो भने बैंकले यो वर्ष १६ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्नसक्छ ।

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खूद नाफा ह्वात्तै बढेको हो । यो अवधिसम्म २७ करोड १५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएको देखिएको छ ।

बैंकको खूद ब्याज आम्दानी २ अर्ब ८४ करोडबाट घटेर २ अर्ब ६३ करोडमा सीमित बनेको छ । अन्य संचालन आम्दानीमा भने ४६० प्रतिशतको बढोत्तरी भएको छ । अघिल्लो वर्ष ५ करोडमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिसम्म २८ करोड ४४ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष १ अर्ब ८३ करोड मात्र रहेको संचालन आम्दानी बढेर यो वर्ष ३ अर्ब २० करोड पुगेको छ भने रिजर्बको आकार करिब २७ प्रतिशतले बढेर ३ अर्ब ७५ करोडबाट ४ अर्ब ७६ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ८७ अर्ब १२ करोड निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ३१.१५ प्रतिशत तथा १५.८६ प्रतिशतको प्रगति देखिएको छ ।

बैंकले अघिल्लो वर्ष यही अवधिसम्म २.८९ प्रतिशत रहेको खराब कर्जाको अनुपातको घटाएर १.५५ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ भने क्यापिटल एडेक्वेसी रेसियो १३.९४ प्रतिशत रहेको छ ।

नाफामा बढोत्तरीसँगै बैंकको प्रतिसेयर आम्दानी(पीएस) ७३.७६ प्रतिशतले बढेर २५.४६ रुपैयाँको उचाईमा पुगेको छ।

असार मसान्तसम्मको प्रतिसेयर नेटवर्थ १७०.६५ रुपैयाँ, पीई रेसियो १७.१३ गुणा, बेस रेट ७.४१ प्रतिशत र कस्ट अफ फण्ड ५.४९ प्रतिशत रहेको छ ।
२०७८ साउन २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...