back
himalayan life

रौतहटको फतुवा बिजयपुरमा करोडौ अनियमिता भएको भन्दै अख्तियारमा उजुरी

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सो नगरपालिकाले बिभिन्न फर्जी योजना बनाएर कामै नगरी बिल बनाई करोडौ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र जिल्ला प्रशासन कार्यलय रौतहटमा उजुरी परेको हो ।

फतुवा विजयपुर नगरपालिका वडानं ७ का स्थानीय बासिन्दा नरेन्द्र कुमार यादवले २०७७÷७८ का लागि छनौट गरिएको योजना मध्य नगरपालिकाका नगर प्रमुख गोपाल यादव र कर्मचारीको मिलेमतोमा फर्जी योजना बनाएर आर्थिक अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।

सो नगरपालिकाको वाड नं ७ मा पर्ने रामबहादुर ,कृष्णनन्दन प्राबिको विद्यालय भवनको कार्य निर्माण गर्नका लागि ६६ लाख ४५ लाख ३ सय ३० रुपैया बिनियोजन गरेकोमा विद्यालयको जग मात्र निर्माण गरेर कामै नगरी बिल भर्पाई पेस गर्न लगाएर रकम निकासा गरी आर्थिक अनियमिता गरेको भन्दै उजुरी परेको हो ।

सो नगरपालिकाले कामै नगरी कल्पना सहकारी संस्था फतुवा विजयपुरलाई अनुदान स्वरुप ३४ लाख ५८ हजार भुक्तानी दिएको उजुरीमा उल्लेख रहेको छ । सो नगरपालिकाले श्री जनजागारण केन्द्र नेपाल नामक गैरसरकारी संस्थालाई अनुदान स्वरुप अन्तरिक श्रोतबाट ३२ लाख हिनामिना गरेको निवेदक नरेन्द्र कुमार यादवले जानकारी दिए ।

सो रकम नगर प्रमुख गोपाल यादव र कर्मचारीले बांडेर खाएको आरोप निवेदकको रहेको छ । सडक स्तरउन्नतीको नाममा सो नगरपालिकाले फर्जी बिल भर्पाई बनाई ३० लाख बजेट बिनियोजन गराई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

सडक ढलान तथा ग्रवेल गर्ने नाममा १४ लाख ४० हजार रकम बिनियोजन गरेर कामै नगरी रकम निकासा गरेर आर्थिक अनियमिता गरेको उजुरीमा उल्लेख रहेको छ । नगर प्रमुख यादवले आफ्नै मान्छेलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमितता गरेको उजुरीमा जनाईएको छ ।

२०७८ साउन २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...