back
himalayan life

एनआईसी एशिया लघुवित्तको सबै सूचकमा चमक, खुद नाफा २२१ प्रतिशतले बढ्यो

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको नाफा सार्वजनीक गरेको छ । आज सार्वजनीक गरेको वित्तीय विवरण अनुसार संस्थाका सबै सूचकमा चमक देखिएको छ । समिक्षा अवधिमा खुद नाफा २२१.४९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबर खुद नाफा कमाएको यस संस्थाले गत आर्थिक वर्षको समिक्षा अवधिमा ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ आर्जन गरेको हो ।

त्यस्तै यस अवधिमा खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत बढेर १ अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी १८५.४६ प्रतिशत बढेर १ अर्ब ६२ करोड १९ लाख ५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २२९.२० प्रतिशत बढेर ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ रहेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ ।

लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष २३३.५६ प्रतिशत बढेर ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ, सापटी १६७ प्रतिशत बढेर १५ अर्ब ५९ करोड ७० लाख ५ हजार रुपैयाँ, निक्षेप १८०.२४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ७९ लाख २० हजार रुपैयाँ र कर्जा लगानी १४०.०५ प्रतिशत बढेर १६ अर्ब ८९ करोड १६ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ ।

२०७८ साउन २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...