एनआईसी एशिया लघुवित्तको सबै सूचकमा चमक, खुद नाफा २२१ प्रतिशतले बढ्यो

वि.सं.२०७८ साउन २२ शुक्रवार

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको नाफा सार्वजनीक गरेको छ । आज सार्वजनीक गरेको वित्तीय विवरण अनुसार संस्थाका सबै सूचकमा चमक देखिएको छ । समिक्षा अवधिमा खुद नाफा २२१.४९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबर खुद नाफा कमाएको यस संस्थाले गत आर्थिक वर्षको समिक्षा अवधिमा ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ आर्जन गरेको हो ।
त्यस्तै यस अवधिमा खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत बढेर १ अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी १८५.४६ प्रतिशत बढेर १ अर्ब ६२ करोड १९ लाख ५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २२९.२० प्रतिशत बढेर ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ रहेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ ।
लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष २३३.५६ प्रतिशत बढेर ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ, सापटी १६७ प्रतिशत बढेर १५ अर्ब ५९ करोड ७० लाख ५ हजार रुपैयाँ, निक्षेप १८०.२४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ७९ लाख २० हजार रुपैयाँ र कर्जा लगानी १४०.०५ प्रतिशत बढेर १६ अर्ब ८९ करोड १६ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ ।
२०७८ साउन २२ गते प्रकाशित

प्रकाशित समय : ०५:३४ बजे