back
himalayan life

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

काठमाडौँ । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ ।

बैंकले साउन साउन १० गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन खुला गरेको हो।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते भनेअनुसार अब यो ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन र्पाइने भएको हो । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार यो अवधिभित्र मागभन्दा बढी आवेदन परेमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरेको छ।
कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणलाई निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने व्यवस्था रहेको छ । यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत जेठ ११ गते निष्कासन अनुमति दिएको थियो। सातवर्षे यस ऋणपत्रमा लागनीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।
२०७८ साउन १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...