back

प्रभु पे र लस्कर फुड्सबीच सम्झौता

काठमाडौँ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/ खाजा घरसम्म समयमै पु¥याउने लक्ष्य राखेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ ।

प्रभु पे बाट भुक्तानी गर्दा साप्ताहिक रूपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्र मार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ । जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले मःमः, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्रि प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्तीले जानकारी दिए ।

सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुसी लागेको बताउनुभयो । साथै प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने सम्झौता भएको छ ।

२०७८ साउन १३ गते प्रकाशित


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...