एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

वि.सं.२०७८ साउन १२ मंगलवार

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा विक्रि खुला गर्ने भएको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्न लागेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ वार्षिक ८.५ प्रतिशत ब्याज दिनेगरि को ८ वर्ष अवधि युक्त ऋणपत्र बिक्रि खुला गर्न लागेको हो । यसैबीच बैंकले यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतामा एभरेस्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।
काठमाण्डौको लाजिम्पाटस्थित रजिस्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक प्रचलित कम्पनी कानुनबमोजिम २०४९ मंसिर १ गते नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडका रुपमा दर्ता भएको कम्पनी हो । यसका साथै २०५१ असोज ११ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले २०५१ कात्तिक १ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।
बैंकले हाल आफ्ना आफ्नो १०३ वटा शाखा कार्यालय र ३ वटा एक्सटेन्सनकाउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
२०७८ साउन १२ गते प्रकाशित

प्रकाशित समय : ११:३९ बजे