ग्लोवल आईएमई बैंकका कर्मचारीले वार्षिक १ साता भ्रमण विदा लिनै पर्ने

वि.सं.२०७८ साउन ८ शुक्रवार

काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वर्षको सात दिन आन्तरिक भ्रमणका लागि विदा अनिवार्य लिनैपर्ने व्यवस्था गरिएको छ ।
आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रमणका लागि छुट्याएको हो ।
कर्मचारीले आफ्नो वार्षिक विदामध्ये ७ दिनका लागि अनिवार्यरुपमा आन्तरिक भ्रमण विदा लिनुपर्ने छ । ३ हजारभन्दा बढी कर्मचारी रहेका यस बैंकले कोभिड १९ बाट प्रभावित पर्यटन व्यवसायलाई टेवा पुर्याउन उक्त निर्णय लिएको बैंकको दावी छ ।
महामारीका कारण बिदेशी पर्यटकको आवागमनमा कमीलाई आफ्नो उक्त निर्णयले सहयोग पुर्याउने बैंकले अपेक्षा लिएको छ ।
यस बैंकको ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्र मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
२०७८ साउन ८ गते प्रकाशित

प्रकाशित समय : १०:४४ बजे