भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात खुल्ने
वि.सं.२०७८ साउन ८ शुक्रवार
काठमाडौं । भोलिदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।
लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ ।
साथै लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्नुपर्ने उक्त सूचनामा उल्लेख छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको सार्वजनीक यातायात खुला गर्ने निर्णय गरेको थियो ।
२०७८ साउन ८ गते प्रकाशित
प्रकाशित समय : ०९:५० बजे





















