back
himalayan life

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १५ प्रतिशत आईपीओ निष्काशन गर्ने

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले आईपीओ निष्काशन गर्ने भएको छ । केयूकेएलले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

कम्पनीप्रति सबैको अनपत्व बढाई केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक बर्ष भित्र नै आईपीओ निष्काशन गर्ने गरि तयारी थालेको हो ।

केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको रहने छ ।

कम्पनी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन भैरहेको छ । १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत, नेपाल चेम्बर अफ कमर्सलगायत ४ वटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने कम्पनीले जनाएको छ ।

अब बस्ने साधारण सभामा आईपीओ निष्काशनल गर्ने प्रस्ताव लैजाने तयारी छ । स्थापना हुँदाखेरी नै कम्पनीले सर्वसाधारणलाई १५ प्रतिशत शेयर जारी गर्ने व्यवस्था गरेको थियो । सोही अनुरुप कम्पनीले आगामी साधारण सभामा प्रस्ताव लैजाने तयारी गरेको हो ।

२०७८ साउन ८ गते प्रकाति

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...