back

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १५ प्रतिशत आईपीओ निष्काशन गर्ने

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले आईपीओ निष्काशन गर्ने भएको छ । केयूकेएलले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

कम्पनीप्रति सबैको अनपत्व बढाई केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक बर्ष भित्र नै आईपीओ निष्काशन गर्ने गरि तयारी थालेको हो ।

केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको रहने छ ।

कम्पनी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन भैरहेको छ । १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत, नेपाल चेम्बर अफ कमर्सलगायत ४ वटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने कम्पनीले जनाएको छ ।

अब बस्ने साधारण सभामा आईपीओ निष्काशनल गर्ने प्रस्ताव लैजाने तयारी छ । स्थापना हुँदाखेरी नै कम्पनीले सर्वसाधारणलाई १५ प्रतिशत शेयर जारी गर्ने व्यवस्था गरेको थियो । सोही अनुरुप कम्पनीले आगामी साधारण सभामा प्रस्ताव लैजाने तयारी गरेको हो ।

२०७८ साउन ८ गते प्रकाति


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...