back

राष्ट्रिय सहकारी बैंकको नाफा ४७.४१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ। राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७।०७८ को चौंथो त्रैमाससम्ममा १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ६८ करोड २८ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा त्यस्तो नाफा ४७.४१ प्रतिशतले बढाएको हो ।
बैंकका अनुसार गत आवको असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आउँदा नाफा बढेको हो ।

बैंकको सार्वजनीक वित्तीय विवरण अनुसार यता खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ७४ करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ४४ करोड ६६ लाख ३४ हजार रुपैयाँबाट बढेर ६६ करोड ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार असार मसान्तसम्म २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार रुपैयाँ सेयर पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको असार मसान्तसम्म १४ अर्ब ८६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवको सोही अवधिसम्म आईपुग्दा १९ अर्ब ७६ करोड १ लाख १५ हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएपनि खराब कर्जा भने निकै बढेको छ । अघिल्लो आवको असार मसान्तमा ०.७० प्रतिशत रहेको खराब कर्जा अहिले ९८.५७ प्रतिशतले बढेर १.३९ प्रतिशत पुगेको छ ।

२०७८ साउन ८ गते प्रकाति


तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

वि.सं.२०८२ वैशाख १० बुधवार १५:११

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

वि.सं.२०८२ वैशाख ९ मंगलवार १७:३८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

वि.सं.२०८२ वैशाख ९ मंगलवार १२:२९

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको...