back

राष्ट्रिय सहकारी बैंकको नाफा ४७.४१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ। राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७।०७८ को चौंथो त्रैमाससम्ममा १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ६८ करोड २८ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा त्यस्तो नाफा ४७.४१ प्रतिशतले बढाएको हो ।
बैंकका अनुसार गत आवको असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आउँदा नाफा बढेको हो ।

बैंकको सार्वजनीक वित्तीय विवरण अनुसार यता खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ७४ करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ४४ करोड ६६ लाख ३४ हजार रुपैयाँबाट बढेर ६६ करोड ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार असार मसान्तसम्म २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार रुपैयाँ सेयर पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको असार मसान्तसम्म १४ अर्ब ८६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवको सोही अवधिसम्म आईपुग्दा १९ अर्ब ७६ करोड १ लाख १५ हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएपनि खराब कर्जा भने निकै बढेको छ । अघिल्लो आवको असार मसान्तमा ०.७० प्रतिशत रहेको खराब कर्जा अहिले ९८.५७ प्रतिशतले बढेर १.३९ प्रतिशत पुगेको छ ।

२०७८ साउन ८ गते प्रकाति

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...