Edis मा समस्या आयो ? होइन, प्रयोग विधि परिवर्तन भएको हो, यसरी गर्नुस् समाधान !
वि.सं.२०७८ साउन ४ सोमवार
काठमाडौँ । मेरो सेयरमा आजबाट नयाँ फिचर्ससहितको सेवा सुचारु भएसँगै लगानीकर्ताहरु Edis मा समस्या आएको गनासो गरिरहेका छन् । यद्यपी समस्या आएको भन्दा पनि प्रयोग गर्ने तरीकामा परिर्वतन भएको हो ।
यसरी गर्नुहोस् Edis Transfer
अब लगानीकर्ताहरुले सेयरको स्वामित्व हस्तानान्तरण अर्थात Edis गर्दा My Edis मा जानुभन्दा पहिला my purchas source मा गएपछी My holding भन्ने बिकल्प (अप्सन) क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँभित्र गएपछी holding days Update गराएपछी मात्र My Edis को ट्रान्सफर सेयर मा देखाउछ। त्यही अनुसार गर्न सकिने छ ।
सीडीएससीले ‘मेरो सेयर’ मा आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source मा My holding भन्ने अप्सन थपेको हो ।
My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My holding मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए short term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long term अर्थात LT छनोट गर्नुपर्छ ।
आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिको लागि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५ प्रतिशत लाभकर तिरे पुग्ने भएको छ ।
२०७८ साउन ४ गते प्रकाशित
प्रकाशित समय : १२:३३ बजे