back
himalayan life

गुराँस लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको सेयर स्वामित्व परिमार्जन गरेको छ । कम्पनीले पौने २० लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो।

कम्पनीले सेयर स्वामित्व परिमार्जन गर्दा १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरेको छ।

स्वामित्व परिमार्जनसँगै अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम रहेको छ ।
कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।
यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...