back

नेपाल धितोपत्र बोर्ड र क्यानबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (क्यान) बीच सूचना आदानप्रदानका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भिष्म राज ढुंगाना क्यानका तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै NFRS कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनियता अभिवृद्धि गर्दै लगानीकर्ताहरूलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने  विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न सम्झौता महत्वपूर्ण भएको बताउनुभयो।

यस्तै   क्यानका अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकिय दायित्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जानकारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि क्यान प्रतिबद्ध रहेको बताउनुभयो।


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २८ बुधवार १५:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २७ मंगलवार १५:२६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...