back

सिटिजन्स बैंकको खुद नाफा साढे ४१ प्रतिशतले बढ्यो

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६१ प्रतिशत बढी हो।

बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ भने खुद फि कमिशत तथा डिस्काउण्ट आय ३७.२१ प्रतिशत बढेको छ। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा बढेर २० रुपैयाँ ७२ पैसा पुगेको छ। बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरी गत चैत १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको यस बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो २८.५८ प्रतिशत बढेको छ।

त्यसैगरी, बैंकको जगेडा कोष समीक्षा अवधिमा २६.३० प्रतिशत बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकले निक्षेप ४३.६८ प्रतिशत बढाएर कर्जा लगानी ३७.९२ प्रतिशत बढाउन सफल यस बैंकको निष्क्रिय कर्जा पनि केही बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ०.९७ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १.८३ प्रतिशत पुगेको छ।


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...

७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?

७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?

वि.सं.२०८१ फागुन २६ सोमवार १२:२६

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा...