नयाँ आर्थिक वर्षलाई बजारको स्वागत, ९७ अंकको हरियो बत्ति

वि.सं.२०७८ साउन ३ आइतवार

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । प्री आपनिङमा नै शुभ संकेत देखाएको सेयर बजारमा आज करिब सय अंकको वृद्धि भएको हो ।
आज नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार बराबरको कारोबार भएको हो ।
यसरी नै यो दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यता १२ वटा उपसमूहको सूचकमा पनि हरियालि छाएको छ ।
२०७८ साउत ३ गते प्रकाशित

प्रकाशित समय : ०९:५४ बजे