back

कांग्रेस नेतृत्वको सरकारमा अर्थ मन्त्रालय सम्हाल्ने कम्युनिष्ट नेता, को हुन जनार्दन शर्मा ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा हिजो मात्रै जर्नादन शर्मा अर्थमन्त्रीको पदमा नियुक्त भएका छन् । मन्त्री शर्मा माओवादी केन्द्रका नेता हुन् । उनले पदभार ग्रहण गरेसँगै आफु अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको समेत प्रष्ट पारिसकेका छन् ।

यसका साथै उनले अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट दिने सहमति समेत गरेका छन् । हिजो अर्थमन्त्रीको पदभार ग्रहणका क्रममा उनले कुल चार वटा फाइल तत्कालै सदर गरेका हुन् ।

उनले पहिला खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमतिको फाइला सदर गरेका हुन् । मन्त्रालयका प्रवक्ता महेश आचार्यले यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको जनाएका हुन् ।

त्यस्तै स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको हो ।

कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् ।
यसरी शर्मा आफु पदभार ग्रहण गरेसँगै पदिय दायित्वलाई अबलम्बन गर्न सुरु गरेका छन् ।

को हुन् जर्नादन शर्मा ?
जनार्दन शर्मा रुकुमका छोरा हुन् । जर्नादन रुकुममा कम्युनिष्ठ पार्टीलाई संस्थापक गर्ने समयका संस्थापक मध्येका एक स्कन्द शर्माका छोरा हुन् । वि.सं. २०३० साल भन्दा पहिलै दाङका शिक्षक वासुदेव गौतम ६ दिन हिडेर रुकुमको खलंगा गई उनले नै त्यहाँ कम्युनिष्टको जग बसालेका थिए । गौतमले रुकुममा कम्युनिष्ट पार्टी स्थापनाका लागि जर्नादन शर्माका बाबु ‘स्कन्द’ लाई पनि छनोट गरेका थिए ।

यसरी जर्नादन कम्युनिष्ट राजनैतिक छत्रछायाँबाट अगाडी बढे । पछि गएर उनी जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक बनेर आफ्नो भूमिका निर्वाह गरे । यसरी नै उनी सभासद् र माओवादीका केन्द्रीय सदस्य पनि ।

राजनीतिक परिवारमा हुर्केका शर्मा १४ वर्षको हुँदा २०३४ मा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेको पाइन्छ । जनयुद्धको समयमा कहिले सेना कहिले सङ्गठन गर्दै धेरै समय सेती महाकालीतिर बिताए । प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमाण्डर पनि भएका थिए ।

२०३४ मै पार्टी चौमनको सदस्यता लिएका उनी ०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भइसकेका शर्माले माओवादी केन्द्रका नेता पुष्पकमल दाहालाई २०४२ मै भेटेका थिए । पश्चात उनको ‘प्रचण्ड’ सँगको सहयात्रा सुरु भयो ।

नाचगानमा मायूर शर्मा २०४६ सालमा नाचे गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु समेत परेको थियो ।

२०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी भएका थिए ।
शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा धेरै वर्षसम्म सेती महाकालीको इन्चार्ज भएर सुदूर पश्चिममा काम समेत गरेका हुन् ।
पुष्पकमल दाहालको प्रधानमन्त्रीकालमा शर्मा उर्जामन्त्री बनेका थिए । अहिलेका लोकप्रिय पूर्व नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा उनले नै नियुक्त गरेका थिए ।
कुलमान नियुक्तिकै कारण अहिले पनि शर्माको लोकप्रियतालाई ‘प्लस प्वाईन्ट’ भएको छ । शर्मा उर्जा मन्त्री हुँदा भन्दा पहिला र पछिको अवस्थामा धेरै परिर्वितन भएको देखिँदा अहिले पुनः कोभिडले तहसनहस पारेको अर्थतन्त्रलाई लयमा ल्याउन सहि मान्छे आएको जनताको विस्वास रहेको छ । यस्तै यता सेयर बजार लगानीकर्ताले पनि जर्नादनको आगमनलाई शुभ संकेत मानेका छन् । यसो त सरकारको नेतृत्व परिर्वतन हुँदा समेत बजार सुधारउन्मुख देखिनु नै शर्माप्रति लगानीकर्ताको विस्वास मान्न सकिन्छ ।

२०७८ असार ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...