मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
वि.सं.२०७८ असार २८ सोमवार
काठमाडाँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले साउनमा ऋणपत्र जारि गर्न लागेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा १ अर्ब बढीको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्ष अवधिको ‘८।७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
१ हजार रुपैयाँ अंकित मूल्यको दरमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।
त्यमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जानकारी दिएको छ । सर्वसाधारणलाई छुटाएकोे कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्ने बैंक्ले जनाएको छ । उक्त समयमा आवेदन नपरेमा २१ गतेसम्म निष्काशन समय थप हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
२०७८ असार २८ गते प्रकाशित
प्रकाशित समय : ०१:५७ बजे





















