मनकामना स्मार्ट लघुवित्तको आइपीओ अहिले ९ः३० बजे बाँडफाँड हुँदै
वि.सं.२०७८ असार २८ सोमवार
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको आइपीओ आज बाँडफाँड हुन लागेको छ । बाँडफाँड उक्त धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ९ः३० बजे हुन लागेको हो ।
लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। अंकीत मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०।५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यो आईपीओमा २० लाख ३६ हजार २४५ आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७३ गुणा बढीले बढी आवेदन हो।
यो हिसाबले आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट २ दुईजनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओमा झन्डै २० लाख आवेदकको हात खालि हुने भएको छ।
कम्पनीको आइपीओमा ७१.९५ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुने छन् ।
कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ।
२०७८ असार २८ गते प्रकाशित
प्रकाशित समय : ०१:५१ बजे