नेपाल चेम्वर अफ कमर्सद्धारा संशोधित नेपाल–भारत रेल्वे सम्झौताको स्वागत
वि.सं.२०७८ असार २७ आइतवार
काठमाडौँ । नेपाल चेम्वर अफकमर्सले नेपाल–भारतबीच सम्पन्न संशोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ । नेपाल चेम्वर अफकमर्सका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताउदै यसका लागि दुवै देशका सरकारलाई धन्यवादसमेत दिएका छन् ।
अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने वताउदै चेम्वरले बिगत धेरै समय देखि व्यवसायीकलागत घटाउन पारवहन लागतमा कमी हुनु पर्नेमा जोड दिदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका माल वस्तुहरु प्रतिस्पर्धि हुने बिश्वास राखे । साथै यसबाट वैदेशिकव्यापार सन्तुलनमा टेवा पुग्ने उनलेको भनाई छ ।
२०७८ असार २७ गते प्रकाशित
प्रकाशित समय : १०:४५ बजे