back

हिमालयन रिइन्स्योरेन्सले पायो कारोबार सुरु गर्ने अन्तिम स्वीकृति

nactional life

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले कारोबार सुरु गर्नका लागि अन्तिम स्वीकृति पाएको छ । बीमा समितिले कम्पनीलाई गत साता अन्तिम स्वीकृति दिएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार कम्पनीले अब कारोबार सुरु गर्न सक्नेछ ।

हिमालयन रिइन्स्योरेन्स नेपालको दोस्रो र निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी स्थापित भएको छ । विशाल ग्रुप, साङ्घाईहरुको त्रिवेणी ग्रुप र आईएमई ग्रुपले लाइसेन्स पाउने संभावनाबारे निकै चर्चा भइरहेको बेला समितिले शंकर ग्रुपको मुख्य लगानीमा खुलेको कम्पनीलाई लाइसेन्स दिएको हो । अरु पनि तीन कम्पनीले लाइसेन्स मागेका बेला प्रधानमन्त्री कार्यालयको निर्देशनमा बीमा समितिले हिमालयन रिलाई दिएको हो ।

शंकर ग्रुप नेपालमा सबैभन्दा बढी बैंक ऋण परिचालन गर्ने एकल घराना हो । उसँग ३० वटाभन्दा बढी कम्पनीको स्वामित्व छ । जगदम्बा स्टील, जगदम्बा सिमेण्ट, अम्बे सिमेण्टजस्ता ठूला कम्पनीमा लगानी गरेको यो समूहले पछिल्लो समय संसारकै एक प्रमुख होटेल चेन ‘हिल्टन’सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नयाँ लक्जरी होटेल बनाउँदै छ । यसबाहेक नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारकादेखि राजनीतिक शक्तिकेन्द्रका हर्ताकर्ताको समेत लगानी रहेको बताइएको छ ।

कुल १० अर्ब अधिकृत पूँजीको यस कम्पनीमा शंकर ग्रुपको मात्रै २ अर्ब ३३ करोड लगानी छ । यो संस्थापक समूहको करीब एक तिहाई हो । उक्त लाइसेन्स दिँदा ठूलो रकम भ्रष्टाचार भएको भन्दै कांग्रेस, माओबादी केन्द्र र एमालेको नेपाल समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

समतिले यसअघि ओवेदन मागेर प्रस्ताव गरेका ५ कम्पनीलाई छाडेर पुनः आवेदन मागेको थियो । गएको १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनर्बीमाको लाइसेन्सका लागि आवेदन मागेको बीमा समितिले पहिलेदेखि लाइसेन्स माग्ने पाँचै कम्पनीलाई हटाएर नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो ।

२०७८ असार २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

वि.सं.२०८३ असार २ मंगलवार १८:५७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...