back

हिमालयन रिइन्स्योरेन्सले पायो कारोबार सुरु गर्ने अन्तिम स्वीकृति

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले कारोबार सुरु गर्नका लागि अन्तिम स्वीकृति पाएको छ । बीमा समितिले कम्पनीलाई गत साता अन्तिम स्वीकृति दिएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार कम्पनीले अब कारोबार सुरु गर्न सक्नेछ ।

हिमालयन रिइन्स्योरेन्स नेपालको दोस्रो र निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी स्थापित भएको छ । विशाल ग्रुप, साङ्घाईहरुको त्रिवेणी ग्रुप र आईएमई ग्रुपले लाइसेन्स पाउने संभावनाबारे निकै चर्चा भइरहेको बेला समितिले शंकर ग्रुपको मुख्य लगानीमा खुलेको कम्पनीलाई लाइसेन्स दिएको हो । अरु पनि तीन कम्पनीले लाइसेन्स मागेका बेला प्रधानमन्त्री कार्यालयको निर्देशनमा बीमा समितिले हिमालयन रिलाई दिएको हो ।

शंकर ग्रुप नेपालमा सबैभन्दा बढी बैंक ऋण परिचालन गर्ने एकल घराना हो । उसँग ३० वटाभन्दा बढी कम्पनीको स्वामित्व छ । जगदम्बा स्टील, जगदम्बा सिमेण्ट, अम्बे सिमेण्टजस्ता ठूला कम्पनीमा लगानी गरेको यो समूहले पछिल्लो समय संसारकै एक प्रमुख होटेल चेन ‘हिल्टन’सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नयाँ लक्जरी होटेल बनाउँदै छ । यसबाहेक नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारकादेखि राजनीतिक शक्तिकेन्द्रका हर्ताकर्ताको समेत लगानी रहेको बताइएको छ ।

कुल १० अर्ब अधिकृत पूँजीको यस कम्पनीमा शंकर ग्रुपको मात्रै २ अर्ब ३३ करोड लगानी छ । यो संस्थापक समूहको करीब एक तिहाई हो । उक्त लाइसेन्स दिँदा ठूलो रकम भ्रष्टाचार भएको भन्दै कांग्रेस, माओबादी केन्द्र र एमालेको नेपाल समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

समतिले यसअघि ओवेदन मागेर प्रस्ताव गरेका ५ कम्पनीलाई छाडेर पुनः आवेदन मागेको थियो । गएको १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनर्बीमाको लाइसेन्सका लागि आवेदन मागेको बीमा समितिले पहिलेदेखि लाइसेन्स माग्ने पाँचै कम्पनीलाई हटाएर नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो ।

२०७८ असार २७ गते प्रकाशित


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...