back

गुराँस लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागेको छ । बीमा समितिको स्वीकृति पाएसँगै कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामितव परिमार्जन गर्ने लागेको हो ।

हाल स्थापित कम्पनीको संस्थापक तर्फ रहेको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर परिमार्जन गरिने भएको हो । कम्पनीको छैटौँ वार्षिक साधारणसभाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको थियो।

पश्चात सभाबाटअनुमोदिन सेयर स्वामित्व परिवर्तनको निर्णय स्वीकृतिका लागि कम्पनीले बीमा समितिमा पठाएको थियो। तर बीमा समितिले हाललाई संस्थापकको सेयर स्वामित्व ६० प्रतिशत कायम राख्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गर्ने निर्णय गरेको कम्पनीले आज एक सूचनामार्फत जानकारी गराएको हा ।

यसैबीच कम्पनीले सेयर स्वामित्व परिमार्जन गर्दा बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहेमा वा गर्ने इच्छा नभएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन पनि सम्पूर्ण संस्थापक सेयरधनीहरुलाई अनुरोध गरेको छ। यदि तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने पनि कम्पनीले जनाएको छ।

२०७८ असार २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...