back

गुराँस लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागेको छ । बीमा समितिको स्वीकृति पाएसँगै कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामितव परिमार्जन गर्ने लागेको हो ।

हाल स्थापित कम्पनीको संस्थापक तर्फ रहेको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर परिमार्जन गरिने भएको हो । कम्पनीको छैटौँ वार्षिक साधारणसभाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको थियो।

पश्चात सभाबाटअनुमोदिन सेयर स्वामित्व परिवर्तनको निर्णय स्वीकृतिका लागि कम्पनीले बीमा समितिमा पठाएको थियो। तर बीमा समितिले हाललाई संस्थापकको सेयर स्वामित्व ६० प्रतिशत कायम राख्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गर्ने निर्णय गरेको कम्पनीले आज एक सूचनामार्फत जानकारी गराएको हा ।

यसैबीच कम्पनीले सेयर स्वामित्व परिमार्जन गर्दा बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहेमा वा गर्ने इच्छा नभएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन पनि सम्पूर्ण संस्थापक सेयरधनीहरुलाई अनुरोध गरेको छ। यदि तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने पनि कम्पनीले जनाएको छ।

२०७८ असार २७ गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...