आज चाँदी १० रुपैयाँले बढ्दा सुनको बजार भाउ कति?

वि.सं.२०७८ असार २७ आइतवार

काठमाडौँ । आइतबार(आज)चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघले १० रुपैयाले बढेर चाँदी १ हजार ३ सय १५ मा कारोबार भइरहेको जनाएको हो । त्यस्तै यो दिन सुनको मूल्यमा भने शून्य परिर्वतन भएको छ । गत शुक्रबार १ सयले बढेको सुनको मुल्य आज स्थिर रहेको हो । तसर्थ शुक्रबार कायम मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा कारोकार भइरहेको हो ।
शुक्रबार सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतिता्ला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा र चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
विहिबार १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय र चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको थियो ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
२०७८ असार २७ गते प्रकाशित

प्रकाशित समय : ०६:०६ बजे