back

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । एपमार्फत किसान, व्यापारी तथा सरोकारवालाले कृषि उपजको दैनिक थोक मूल्य, मूल्य प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पु¥याउने उद्देश्यले यो सेवा सुरु गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार सरकारीस्तरबाट सञ्चालित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीस्थित कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य एपमार्फत उपलब्ध हुनेछ ।

कृषि विभागले उक्त एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध रहेको जनाएको छ। विभागको वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गरेर पनि एप डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । एपमार्फत प्रयोगकर्ताले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमसम्बन्धी बुलेटिनसमेत हेर्न सक्नेछन् । यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्यबारे समयमै जानकारी पाउने र बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा विभागको छ ।

कृषि विभागका अनुसार डिजिटल सूचना प्रणालीमार्फत बजार मूल्यको पारदर्शिता बढ्ने, किसानलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न सहज हुने तथा कृषि बजार सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

विभागले कृषि बजार मूल्यसम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो वेबसाइट तथा एएमपिआइएस नेपाल मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ । सूचना कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईंले जारी गरेका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

वि.सं.२०८३ साउन १४ बिहीवार १०:०१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०१

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न...

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५७

काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...