back
skip this gaugauma singhadarbar

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार शुरु

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई एक्विजिसन गरेपछि एकीकृत कारोबार शुरु भएको छ । बैंकले फाइनान्सलाई प्राप्ति गरी असार २६ गते शनिबारदेखि एकीकृत कारोबार शुरु गरेको हो । बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरू सहभागीतामा एक विशेष समारोह आयोजना गरी सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात संयुक्त कारोबार सुरु गरेका हुन् ।

असार २५ गते सम्मको तथ्यांक अनुसार प्राप्तिपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको १८९ शाखा र ग्राहक सङ्ख्या करिव १२ लाख रहेका छन् । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा र प्रदेश २ मा २० शाखा रहेकोमा प्राप्तिपश्चात् २७—२७ वटा शाखा पुगेका छन् । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले प्राप्तिपश्चात् बैंकको वित्तीय सूचकाङ्क मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृद्ध हुने कुरा बताए । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अध्यक्ष भण्डारीले गरेका छन् ।

त्यसै गरी साबिकको सिर्जना फाइनान्सका अध्यक्ष सुयेश प्याकुरेलले फाइनान्सका ग्राहक, कर्मचारी र लगानीकर्ताहरूको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्ज्वल हुने बताएका छन् । मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने बताए । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कर्मचारीहरूको उचित व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरू सञ्चालन गर्ने बताए । बैककै बढ्दो व्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरूबाट सृजित हुन सक्ने जोखिमहरू अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी सम्भावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउने उनको भनाई छ ।

वि।स। २०६४ बैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंकले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई अंगीकार गर्दै “ग” वर्गको पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड, प्रिमियर फाइनान्स लिमिटेड र “ख” वर्गको सहयोगी विकास बैंक लिमिटेड, तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरिसकेको छ । सिर्जना फाइनान्सलाई प्राप्ति पश्चात् बैंकले ६ वटा कम्पनीलाई गाभेको हो ।


२०७८ असार २७ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:५९

काठमाडौं । सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष...

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:५४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिना सम्मको तथ्याङ्क...

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:४९

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको...

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १६:०३

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट...

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै...