back

रसुवागढी नाकाबाट निर्धक्क भएर सामान आयात गर्न सकिने

nactional life

रसुवा । रसुवागढी नाकाबाट सामान आयात गर्न वर्षाको कारण हुने अवरोध हटेको छ । वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएसँगै नाकाबाट निर्धक्क सामान आयात गर्न सकिने भएको हो ।

यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा अनगिन्ती पहिरो जान थालेपछि सडक विभागले एक घण्टाभित्र अवरोध हटाउन प्राविधिक जनशक्तिसहित उपकरण तैनाथ गरेको हो ।

सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका दुई इञ्जिनीयर उपकरणसहित तैनाथ भएकाले यस वर्षको सडक अवरोध तत्काल हट्नेमा आफूहरू आशावादी भएको चालकले बताएका छन् । यही असार १ गते आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी नाका अवरूद्ध बनाएपछि चीनसँगको कारोवार गर्ने एकमात्र उत्तरी रसुवागढी नाका सहज पार्न जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा यस वर्ष सडक विभागले विशेष चासो देखाएको छ ।

आकस्मिकरूपमा आउने पहिरो पन्छाउन यतिबेला यहाँका सडक मार्गमा दुई टिपर, एक डोजर, एक लोडर र दुई स्काभेटर तैनाथ गरिसकिएको इञ्जिनीयर राजेन्द्र मर्हजनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यही असार १ गतेयता २५ भन्दा बढी स्थानका सडक अवरोध हटाइएको छ ।

असार पहिलो हप्ता सडकको अवरोध हटाउन सुरक्षा जनशक्ति बढी खट्नु परिरहेको अवस्थामा तैनाथ गरिएका सरकारी उपकरणले केही सहजता आएको बताइएको छ । रसुवागढी क्षेत्रका राजमार्ग खुलाउन विगतदेखि नै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निरन्तर उपकरण सहयोग गरिरहेको छ । यस वर्षदेखि निर्माण चरणमा अगाडि बढिरहेको एक सय २० मेगावाट भोटेकोशी जलविद्युत् आयोजनाले पनि पहिरो पन्छाउन उपकरण उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

यस्तै आकस्मिक कार्यका लागि सडक कार्यालयले प्रहरीलाई उपकरण दिएको भन्ने केही सञ्चारमाध्यमको सूचना यथार्थ नभएको जनाइएको छ । औजार प्राप्त भएको र आम नागरिकलाई जानकारी गराउन ती औजार प्राप्त गरेकै दिन प्रहरीको फेसबुकमार्फत सार्वजनिक गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए । स्थानीय प्रशासनको आदेशमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले सडक सञ्चालनदेखि लिएर विपद् व्यवस्थापनमा गरेको योगदान उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ ।

भारी वर्षाका कारण पहिराको जोखिम बढेपछि त्रिशूली र भोटेकोशी नदी किनारमा रहेको नयाँ राजमार्ग सुधारका सबै काम वर्षायाम भरका लागि बन्द गरिएको छ । छोटो दूरीको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी तर्फको राजमार्गमा जोखिम बढेपछि बेत्रावती, धुञ्चेतर्फको मार्ग मात्र सञ्चालन गराइएको गल्छी–मैलुङ–स्याफ्रु सडक बिस्तार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

सडक विस्तार आयोजनाका साथै डिभिजन सडक कार्यालयको समेत जिम्मेवारी सम्हालेका कारण पासाङल्हामु मार्गमा हुने अवरोध एक घण्टाभित्र हटाई सवारी साधन निर्वाध सञ्चालन गराउन आवश्यक उपकरणसहित आफू पूर्वतयारीमा रहेकाले चीनबाट ल्याइने सामग्री निर्धक्क साथ आयात गर्न व्यापारी व्यवसायी वर्गलाई आग्रह गरिएको प्रमुख भण्डारीले जानकारी दिए ।

विगतका तुलनामा यस वर्ष पासाङल्हामु मार्गका बेत्रावती, कालिकास्थान, धुञ्चे र स्याफ्रुबेँसी क्षेत्रका अधिकांश असहज भागका उल्लेखनीय सुधार गरिएको तथा केही भागका काम निरन्तर अगाडि बढिरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्मका सडक सुधारका लागि विनियोजित रु २० करोडमध्ये करिब रु १० करोड रकमले असहज स्थानका सडक सतह ढलानसमेत गरिएको छ ।

चीनसँगको कारोवार गर्ने व्यापारिक नाका सहज र बलियो बनाउन सरकारले रकम विनियोजन गरे पनि कार्यस्थलमा यथेष्ट काम हुन नसक्दा रु १० करोड फ्रिज जाने भएको छ । कोरोनाको सङ्क्रमण, निर्माण सामग्रीको अभाव, रोग नियन्त्रणका लागि स्थानीय प्रशासनको निषेधाज्ञाजस्ता कारणले विनियोजित रकम बराबरको काम हुन नसकेको सडक सुधारका कार्य गराउने इञ्जिनीयर महर्जनले बताए ।

इञ्जिनीयर महर्जनका अनुसार साविक कालोपत्र उप्केका एक हजार २०० मिटर भागमा मर्मत, ३५० मिटरमा ग्याबिन पर्खाल निर्माण, दुई हजार ६०० मिटर सडक सतहमा ढलान र दुई किलोमिटर नाली मर्मत गरिएको बताइएको छ ।(रासस)

२०७८ असार २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...