back

कोरोना संक्रमणबाट श्रीमान्–श्रीमतीको एकै दिन गयो ज्यान

काठमाडौँ । इलामका एक दम्पतीको कोरोना संक्रमणबाट एकै दिन मृत्यु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा छन् ।

छ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो ।

२०७८ असार २५ गते प्रकाशित


तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

वि.सं.२०७९ कात्तिक १ मंगलवार ०७:४८

काठमाडौं । यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला...

नौ महिनामा एक खर्ब ६० अर्बको निर्यातः १४ खर्ब ६६ अर्बको आयात (तथ्यांकसहित)

नौ महिनामा एक खर्ब ६० अर्बको निर्यातः १४ खर्ब ६६ अर्बको आयात (तथ्यांकसहित)

वि.सं.२०७९ वैशाख २८ बुधवार १७:५१

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात...

भारतको कर्पोरेट इतिहासमा :  एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर

भारतको कर्पोरेट इतिहासमा : एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर

वि.सं.२०७८ चैत २२ मंगलवार १२:२८

काठमाडौं । भारतमा हालसम्मकै सबैभन्दा ठूलो मानिएको बैंकिङ क्षेत्रमा मर्जर...

आयोगले चुनावका लागि सवारी साधनका नाममा एउटा साइकलपनि नकिन्ने ,अरु सामान के किन्ला ?

आयोगले चुनावका लागि सवारी साधनका नाममा एउटा साइकलपनि नकिन्ने ,अरु सामान के किन्ला ?

वि.सं.२०७८ चैत ८ मंगलवार १९:१२

काठमाडौं । निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने...

डलरमा खरिद गरेर ल्याइएको ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गरौंः अर्थमन्त्री

डलरमा खरिद गरेर ल्याइएको ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गरौंः अर्थमन्त्री

वि.सं.२०७८ चैत ८ मंगलवार १८:४६

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३–११...

ललितपुरको सातदोबाटो-चापागाउँ सडक स्थानीयले गराए बन्द, किन गराए बन्द ?

ललितपुरको सातदोबाटो-चापागाउँ सडक स्थानीयले गराए बन्द, किन गराए बन्द ?

वि.सं.२०७८ चैत ८ मंगलवार ११:३५

ललितपुर । ललितपुरको सातदोबाटो–चापागाउँ सडक स्थानीयले आज बन्द गराएका छन्...