back

माडी गाउँपालिकाले द्वन्द्वपीडितलाई जीवननिर्वाह भत्ता दिने

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–५ले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्ता दिने व्यावस्था गरेको छ । गाउँपालिका–५ ले आर्थिक वर्ष २०७८÷०७९ देखि द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाको यही असार १० गते सम्पन्न गाउँसभाबाट सो निर्णय पारित भइसकेकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यो कार्यक्रम कार्यान्वयन गरिने वडा कार्यालयले जनाएको छ ।

“सशस्त्र युद्धमा ज्यान गुमाएका परिवारको अवस्था दयनीय रहेकाले जीविकोपाजर्नमा टेवा पुगोस् भनेर यस्तो कार्यक्रम अघि सारेका छौँ”, वडाध्यक्ष भरतबहादुर बुढा मगरले भने, “उनीहरुलाई मासिक रु एक हजार ५०० का दरले भत्ता दिने निर्णय भएको छ ।” सशस्त्र द्वन्द्वताका सो वडामा २४ जनाले ज्यान गुमाएका थिए । सो शीर्षकमा वडाले गरेको प्रस्ताव गाउँसभाले पारित गरिसकेको छ । सशस्त्र द्वन्द्वमा ९६४ ले ज्यान गुमाएको रोल्पामा कुनै पनि स्थानीय तहले उनीहरुको सम्मान र सम्झनामा कार्यक्रम ल्याएका थिएनन् ।

माडी गाउँपालिका–५ को सो कदमलाई धेरैले प्रशंसासमेत गरेको स्थानीयवासी गोपाल केसीको भनाइ छ । “द्वन्द्वमा अभिभावक गुमाएकाको अवस्था दयनीय छ, कसैबाट पनि सहयोग नपाएका उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको बेला वडा कार्यालयको यो कदमले मृतकका परिवारमा आशा जगाएको छ”, उनले भने ।

विगतमा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको सो वडाले आगामी आर्थिक वर्षका लागि भने सामाजिक विकासलाई प्राथमिकता दिएको बताएको छ । वडाले भौतिक पूर्वाधारमा मनग्य खर्च गरी सामाजिक विकासलाई ध्यान नदिएकोे जनगुनासो खेप्दै आएको थियो । “भौतिक पूर्वाधारका नियमित कामलाई निरन्तरता दिने गरी सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष बुढा मगरले भने ।

२०७८ असार २५ गते प्रकाशित


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ५ सोमवार २०:१८

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२÷८३ को...

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित...