back

माडी गाउँपालिकाले द्वन्द्वपीडितलाई जीवननिर्वाह भत्ता दिने

nactional life

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–५ले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्ता दिने व्यावस्था गरेको छ । गाउँपालिका–५ ले आर्थिक वर्ष २०७८÷०७९ देखि द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाको यही असार १० गते सम्पन्न गाउँसभाबाट सो निर्णय पारित भइसकेकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यो कार्यक्रम कार्यान्वयन गरिने वडा कार्यालयले जनाएको छ ।

“सशस्त्र युद्धमा ज्यान गुमाएका परिवारको अवस्था दयनीय रहेकाले जीविकोपाजर्नमा टेवा पुगोस् भनेर यस्तो कार्यक्रम अघि सारेका छौँ”, वडाध्यक्ष भरतबहादुर बुढा मगरले भने, “उनीहरुलाई मासिक रु एक हजार ५०० का दरले भत्ता दिने निर्णय भएको छ ।” सशस्त्र द्वन्द्वताका सो वडामा २४ जनाले ज्यान गुमाएका थिए । सो शीर्षकमा वडाले गरेको प्रस्ताव गाउँसभाले पारित गरिसकेको छ । सशस्त्र द्वन्द्वमा ९६४ ले ज्यान गुमाएको रोल्पामा कुनै पनि स्थानीय तहले उनीहरुको सम्मान र सम्झनामा कार्यक्रम ल्याएका थिएनन् ।

माडी गाउँपालिका–५ को सो कदमलाई धेरैले प्रशंसासमेत गरेको स्थानीयवासी गोपाल केसीको भनाइ छ । “द्वन्द्वमा अभिभावक गुमाएकाको अवस्था दयनीय छ, कसैबाट पनि सहयोग नपाएका उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको बेला वडा कार्यालयको यो कदमले मृतकका परिवारमा आशा जगाएको छ”, उनले भने ।

विगतमा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको सो वडाले आगामी आर्थिक वर्षका लागि भने सामाजिक विकासलाई प्राथमिकता दिएको बताएको छ । वडाले भौतिक पूर्वाधारमा मनग्य खर्च गरी सामाजिक विकासलाई ध्यान नदिएकोे जनगुनासो खेप्दै आएको थियो । “भौतिक पूर्वाधारका नियमित कामलाई निरन्तरता दिने गरी सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष बुढा मगरले भने ।

२०७८ असार २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...