back

शेयर बजारमा नयाँ रेकर्ड कायम : १ वर्षमा दुई गुणा भन्दा बढी अंकको छलाङ

काठमाडौँ – नेपाली शेयर बजारले केही समय देखी नयाँ रेकर्ड कायम गरेको छ भने नेप्सेले एक वर्षमा दुई गुणा भन्दा बढी अंकले छलाङ मारेको हो ।

वर्षको अन्तिम दिन चैत ३१ गते मंगलबार नेप्से दुई हजार सात सय ८ विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । त्यसरीनै , यस वर्ष शेयर बजारमा हालसम्मकै उच्च कारोबार रकमसहित अर्को नयाँ रेकर्ड कायम भएको छ । २०७७ साल माघ २६ गते सोमबारका दिन नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको कारोबार भएको थियो ।

यस वर्ष शेयर बजार र सार्वजनिक शेयर निष्कासनमा सर्वसाधारणको आकर्षण निकै बढेको छ । यससँगै डिम्याट खाता खोल्नेको सङ्ख्या पनि बढ्यो । यो वर्षको ८ महिनामै करिब १६ लाख बढीले डिम्याट खाता खोलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार गत साउन मसान्तसम्म डिम्याट खाताको सङ्ख्या १८ लाख ५ हजार ६०७ मात्रै रहेकोमा हाल डिम्याट खाताको सङ्ख्या ३४ लाख २ हजार २०३ पुगेको छ । नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पुँजीकरणमा समेत परेको छ । यो वर्षको अन्तिमसम्म आइपुग्दा बजार पुँजीकरणमा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ । बजार पुँजीकरणमा समेत नेप्से परिसूचकमा जस्तै दुई गुणा भन्दा बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो वर्षको अन्तिम दिन चैत्र ३१ गते मंगलबारको कारोबार पछि बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९ करोड ७५ लाख ७१ हजार पुगेको छ । यो नेपालको कूल गार्हस्थ्य उत्पादनको हाराहारी हो ।

यस वर्षको पहिलो कारोबार वैशाख ३० गते मंगलबार नेपालको बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ८५ करोड ५३ लाख २४ हजार रहेको थियो ।


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...