back
nactional

शेयर बजारमा नयाँ रेकर्ड कायम : १ वर्षमा दुई गुणा भन्दा बढी अंकको छलाङ

काठमाडौँ – नेपाली शेयर बजारले केही समय देखी नयाँ रेकर्ड कायम गरेको छ भने नेप्सेले एक वर्षमा दुई गुणा भन्दा बढी अंकले छलाङ मारेको हो ।

वर्षको अन्तिम दिन चैत ३१ गते मंगलबार नेप्से दुई हजार सात सय ८ विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । त्यसरीनै , यस वर्ष शेयर बजारमा हालसम्मकै उच्च कारोबार रकमसहित अर्को नयाँ रेकर्ड कायम भएको छ । २०७७ साल माघ २६ गते सोमबारका दिन नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको कारोबार भएको थियो ।

यस वर्ष शेयर बजार र सार्वजनिक शेयर निष्कासनमा सर्वसाधारणको आकर्षण निकै बढेको छ । यससँगै डिम्याट खाता खोल्नेको सङ्ख्या पनि बढ्यो । यो वर्षको ८ महिनामै करिब १६ लाख बढीले डिम्याट खाता खोलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार गत साउन मसान्तसम्म डिम्याट खाताको सङ्ख्या १८ लाख ५ हजार ६०७ मात्रै रहेकोमा हाल डिम्याट खाताको सङ्ख्या ३४ लाख २ हजार २०३ पुगेको छ । नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पुँजीकरणमा समेत परेको छ । यो वर्षको अन्तिमसम्म आइपुग्दा बजार पुँजीकरणमा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ । बजार पुँजीकरणमा समेत नेप्से परिसूचकमा जस्तै दुई गुणा भन्दा बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो वर्षको अन्तिम दिन चैत्र ३१ गते मंगलबारको कारोबार पछि बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९ करोड ७५ लाख ७१ हजार पुगेको छ । यो नेपालको कूल गार्हस्थ्य उत्पादनको हाराहारी हो ।

यस वर्षको पहिलो कारोबार वैशाख ३० गते मंगलबार नेपालको बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ८५ करोड ५३ लाख २४ हजार रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...