आगामी आर्थिक वर्षबाट ब्रोकर कमिशन घट्ने

वि.सं.२०७८ असार २४ बिहीवार

काठमाडौँ । आगामि आर्थिक वर्षकाबाट ब्रोकर कमिशन घट्ने भएको छ । ब्रोकर कमिशन घट्नुपर्ने आवाज उठिरहेको बेला नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका मागलाई सम्बोधन गर्दै नयाँ आर्थिक वर्षबाट ब्रोकर कमिशन घटाउन लागेको हो ।
यही महिनाको अन्त्यतिर आउने धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत ब्रोकर कमिसन घटाइने स्रोतले जनाएको छ ।
ब्रोकर कमिसन घटाउने विषयमा बोर्डमा छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार कति कटौती गर्ने विषयमा टुंगो भने अझै लागेको छैन ।
अहिलेको कारोबारमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्म ०.४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म ०.३ प्रतिशत र २० लाख रुपैयाँबाट माथि ०.२७ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका छन्।
२०७८ असार २४ गते प्रकाशित

प्रकाशित समय : ०७:०५ बजे