back

‘एनआईबिएल सहभागिता फण्ड’ तेस्रो वर्षमा प्रवेश

काठमाडौँ । ‘एनआईबिएल सहभागिता फण्ड’ तेस्रो वर्षको यात्रा सुरु गरेको छ । नेपालकै पहिलो खुलामुखी योजना यो फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको हो।

नेपालको पुँजी बजारमा खुलामुखी योजानाको छुट्टै परिचय बनाउँन सफल यो योजनानेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित छ ।

यस खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६–२०७७ मा नै आफ्ना इकाइधनीहरुका लागि ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो । अंकित मूल्य १० रहेको यस योजानाको २०७८ साल असार २२ गतेको दिनको तथ्यांकअनुसार प्रतिइकाइ खुद मूल्य रु १७.२१ पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ।

योजना व्यवस्थापक एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मका लागि ल्याएको थियो।

तसर्थ यस योजनामा हालसम्म सहभागी नहुनु भएका लगानीकर्तालाई आज योजानाको अन्तिम दिन अपराह्न ३ बजेसम्ममा सहभागी हुनसमेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको छ।

यस योजनाको नतिजा २०७८ साल साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिने कम्पनीले जनाएको छ । साथै योग्य सहभागीबाट २० जना विजेता घोषणा गरिनेछ र पूर्वनिर्धारित नियम र सर्तहरुअनुसार पुरस्कार वितरण गरिनेछ।

२०७८ असार २४ गते प्रकाशित


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...