जगदम्बा स्टिल्स अन्तर्गत सादा र रंगिरन जस्तापाता फ्याक्टीको आधिकारीक उद्घाटन

वि.सं.२०७८ असार २३ बुधवार

काठमाडौँ । जगदम्बा स्टिल्स कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएको छ । बाराको सिमरामा अवस्थित अत्याधुनिक प्रविधियुक्त उक्त फ्याक्ट्रीको कम्पनीका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले उद्घाटन गरेका हुन् ।
यस सीआरएम मिलको जटिल डिजाइन, जडानकार्य र कमिसनिङ कम्पनीका भाइस प्रेसिडेन्ट प्रभात मिश्राद्वारा गरिएको अध्यक्ष अग्रवालले बताए । उनी ग्याल्भालुम् तथा कलर कोटिङ उत्पादन प्रविधिमा विज्ञ हुन्।
कम्पनीले केही समययता जगदम्बा स्टिल्स ब्राण्डले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको जानकारी दिँदै आएको थियो। जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा कम्पनी विश्वस्त छ।
विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो। नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाइन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ।
२०७८ असार २३ गते प्रकाशित

प्रकाशित समय : ०६:५३ बजे