back

भक्तपुर नगरपालिकाद्धारा म्याद गुज्रेकाऔषधि नष्ट

काठमाडौँ । भक्तपुर नगरपालिकाले मेडिकल अनुगम गरि म्यान नाघेका र अनुमति नपाएका औषधिहरु नष्ट गरेको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको हो।

अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने निन्जा र केमाइन अनुमतिविना राखिएको, फ्रिज सफा नगरी ढुसी पारेर इन्जेक्सन औषधि राखेको पाइएको छ ।

यहाँका मञ्जु भेट फर्मामा फ्रिजमा ढुसी परेको पाइएको छ भने म्याद नाघेको औषधि जफत गरी नष्ट गरिएको छ । त्यस्तै विष्णु भेटनरी फर्मामा ढुसी परेको फ्रिज राखिएको र औषधि विभागको अनुमति नलिई बिक्री गरिएको पाइएको छ । स्ट्रेराइल डाइलुएन्ट, मारेक र इन्जेक्सन बुरसल जफत गरी नष्ट गरिएको छ । डे«ग पोल्ट्री फार्मले विभागको अनुमति नलिई औषधि बिक्री गरेको पाइएको छ ।

राम पासा भेटनरी, पासा भेटनरी, उज्ज्वल भेटनरी सेन्टरलगायतमा औषधि विभागको अनुमतिविना नै सञ्चालन भएको र पसलमा औषधि दिने व्यक्ति फार्मासिष्ट वा औषधि विभागको अनुमतिपत्र पाएका व्यक्ति नभएको पाइएको छ । अनुगमनमा रहनुभएका डा प्रणव जोशीले ढुसी आएको फ्रिजमा राखिएको इन्जेक्सन औषधिबाट पशुपक्षीमा सरेर तिनको मासु उपभोग गर्दा कालोढुसीको बिरामी देखापरेकोे बताए ।

अनुगमनको क्रममा अधिकांश चश्मा पसलले चश्माको सिसा, फ्रेमको खरीद र बिक्री मूल्यमा धेरै फरक गरी उपभोक्ता ठगेर धेरै नाफा लिएको, मूल्यमा एकरुपता नभएको, चश्मा पसलले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिई सञ्चालन गरिएको र औषधि विभागको अनुमति नलिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

लक्ष्मी अप्टिकल र भक्तपुर लक्ष्मी अप्टिकलले जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नलिइएको, नगरपालिकामा दर्ताविना नै अवैध रुपमा सञ्चालन गरिएको, चश्माको मूल्यसूची नराखिएको, जथाभावी मूल्य लिइएको, खरीद बिल नदेखाइएको र नाफा धेरै लिई बिक्री गरी ग्राहकलाई ठगेकोे पाइएको उनले जानकारी दिए । भक्तपुर अप्टिकल, ओरिएन्टल अप्टिकल एण्ड फार्मेसी र मोडेल अप्टिकलले तालीम नलिएका जनशक्ति राखेको, जथाभावी मूल्य लिएर ठगी गरेको र पसल नवीकरण नगरेको पाइएको छ ।

२०७८ असार २२ गते प्रकाशित


अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १४ सोमवार १३:०९

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको...

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ १३ आइतवार १७:३२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका...